संचारकर्मीहरुलाई फोटो पत्रकार महासंघको सहयोग
प्रकाशित मिति
२०७७ जेष्ठ ३१ गते, शनिबार ०३:५९

मध्यपुर थिमि, नेपाल फोटो पत्रकार महासंघ केन्द्रद्धारा भक्तपुरका सञ्चारकर्मीहरुलाई प्रेस ज्याकेट एवं सेनिटाईजर वितरण गरियो । महासंघका केन्द्रीय अध्यक्ष धु्रव आले र मध्यपुर थिमि नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले संयुक्तरुपमा भक्तपुरका क्रियाशील संचारकर्मीहरुलाई प्रेस ज्याकेट वितरण गरिएको नेपाल फोटो पत्रकार संघ भक्तपुरका अध्यक्ष एवं राससकर्मी रत्नकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि मध्यपुर थिमि नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले संचारकर्मीहरुको पेशा पनि जोखिमपूर्ण रहेको एवं फोटो पत्रकारहरुको पेशा त महामारी, आन्दोलनको समयमा झन जोखिमयुक्त रहेको धारणा राख्दै राज्यको चौथो अंग एवं समाचार, सूचना र सन्देश प्रवाह गर्ने सञ्चारकर्मीहरुको सुरक्षा महत्वपूर्ण विषय भएको बताउनु भयो । नगरप्रमुख श्रेष्ठले स्थानीय निकायसँग समन्वय नगरी स्मार्टसिटी बनाउने कुरा आफुलाई मान्य नहुने भन्दै उपत्यका विकास प्राधिकरण खारेजीको माग दोहो¥याउनु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका सभापति पुस्करराज बुढाथोकी, नेपाल फोटो पत्रकार महासंघका अध्यक्ष धु्रव आले, नेपाल फोटो पत्रकार संघ भक्तपुर अध्यक्ष रत्नकृष्ण श्रेष्ठ लगायतका वक्ताहरुले लकडाउन एवं आन्दोलनको समयमा संचारकर्मीहरुको समस्या अनि चुनौति एवं त्यसको समाधानबारे आ–आप्mनो धारणा राख्नुभयो । मध्यपुर थिमि नपा–४, स्थित शंखधर पार्टी प्यालेसमा उक्त कार्यक्रम संचालन भएको थियो ।
प्रतिकृया