• 7:09 pm

आजबाट पसल व्यवसाय खोल्न छुट, सरकारद्वारा जोर बिजोर सवारी सञ्चालन गर्न अनुमति

प्रकाशित मिति

२०७७ जेष्ठ २९ गते, बिहीबार ०५:३६

काठमाडौं । सरकारले लकडाउन खुकुलो बनाउँदै लाने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद बैठकले मोडालिटी बनाएर लकडाउन खुकुलो बनाउने निर्णय गरेको हो ।

नयाँ मोडालिटी अनुसार कोरोना भाइरसको रोकथामका लागि निश्चित नियम पालना गरी सवारी सञ्चालन गर्न अनुमति दिने मोडालिटिबारे निर्णय भएको एक मन्त्रीले जानकारी दिए । आजबाट जोर बिजोर प्रणाली लागु गरी जोर अंकको गाडी जोर गते र बिजोर अंकको गाडी बिजोर गते सञ्चालनको अनुमति दिने निर्णय भएको छ ।

सार्वजनिक यातायात भने केही हप्तापछि सञ्चालनको अनुमति दिने तय भएको छ । यसका लागि पनि निश्चित मापदण्ड तोकिएको छ ।
आजबाट लागु हुने गरी निश्चित नियम पालना गरी पसल खोल्न अनुमति दिने निर्णय भएको छ । व्यापारीहरुले पसल व्यवसाय सञ्चालनको माग गर्दै आएका थिए ।

विकास निर्माणका कार्य पनि अगाडि बढाउन दिइने निर्णय भएको छ । अब बाटोलगायत भौतिक पूर्वाधार निर्माण अगाडि बढाइनेछ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन खुकुलो बनाउन मन्त्रिपरिषदले निर्णय गर्ने जानकारी दिएका थिए । सरकारलाई लकडाउन खुकुलो गर्न चौतर्फी दबाब परेको थियो ।

प्रतिकृया