सांसद थापाले गरे प्रधानमन्त्रीलाई प्रश्न ‘क्वारेन्टाइनका लागि आफूले बनाएको मापदण्ड एकपटक पढ्नु भएको छ ?’
प्रकाशित मिति
२०७७ जेष्ठ २८ गते, बुधबार ०२:१६
काठमाडौं, नेपाली कांग्रेसका नेता एवं सांसद गगन कुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना भाइरसको बारेमा केही पनि थाहा नभएको बताउनु भयो । प्रतिनिधि सभाको बुधबारको बैठकमा प्रधानमन्त्रीलाई प्रश्न गर्दै उहाँले कोरोना भाइरसको बारेमा प्रधानमन्त्रीलाई धेरै कुरा थाहा नभएको तर थाहा छैन भन्ने पनि थाहा नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हङ्कमा क्षमता नभए पढाएको हैन त्यो बेला रिएजेन्ट कही पनि थिएन त्यही भएर पढाएको हो । यो सरकारले ५ वटा पीसीआर मेसीन किन्यो ५ वटा नै चल्दैन् । क्वारेन्टाइनको आफूले बनाएको मापदण्ड एकपटक पढ्नु भएको छ । हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढी छ भनेर कसले भन्यो । नेपालमा मृत्यु हुनको संख्या कम छ भनेर विशवव्यपी मृत्यु भएको संख्यासँग दाजेर हेर्नु भएको छ ।’
त्यसगरी भष्टचार स्वास्थ्य सम्रागीको सुची राखेर संसदमा छलफल गर्नको निम्ति उहाँले प्रभानमन्त्रलाई खुल्ला आवहन पनि गर्नुभएको छ ।
भारतबाट नेपाल आएका नेपालीहरूको बारेमा प्रश्न गर्दै भन्नुभयो, ‘ जुन अवस्थामा भारतबाट नेपालीहरू ल्याइएका छन् ती व्यक्ति हुन् की ति नेपाली नागरिक हुन् । ति नेपाली नागरिकको बारेमा चिन्ता गर्ने ती आउँदै छन् भन्ने काुरामा जानकारी राख्ने, तिनको लागि क्वारेन्टाइको तयारी गर्ने तपाईको सरकारले गर्ने हो की हामीले गरिदिनु पर्ने हो ?’
प्रतिकृया