• 9:13 pm

गण्डकी प्रदेशमा १४५ जनामा कोरोना भाइरसको संक्रमण

प्रकाशित मिति

२०७७ जेष्ठ २८ गते, बुधबार ०७:०६

 

काठमाडौं । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४५ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयले आज जारी गरेको विज्ञप्तिमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) देवचुली नगरपालिकाका ४० वर्षीय पुरूषमा कोरोना संक्रमण पुष्टि भएसँगै गण्डकीमा संक्रमितको संख्या १४५ पुगेको हो ।

निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार संक्रमित व्यक्तिलाई रजहरस्थिति सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसन कक्षमा लैजाने तयारी भएको छ । हाल उनको अवस्था सामान्य रहेको छ ।

 

प्रतिकृया