• 10:16 pm

कोरोना सङ्क्रमणबाट भरतपुरमा एक ज्येष्ठ नागरिकको मृत्यु

प्रकाशित मिति

२०७७ जेष्ठ २७ गते, मंगलवार ०९:५२

 

चितवन । कोरोनाभाइरस सङ्क्रमणबाट भरतपुर अस्पतालमा उपचार गराइरहुनभएकाका एक व्यक्तिको मङ्गलबार मृत्यु भएको छ । भरतपुर अस्पतालको आइसीयुमा उपचार गराइरहुनभएका भरतपुरका एक ज्येष्ठ नागरिकको मृत्यु भएको भरतपुर अस्पताल प्रवक्ता लीलाधर पौडेलले जानकारी दिनुभयो ।
उहाँको सोमबार मात्रै कोरोना सङ्क्रमण पुष्टि भएको थियो । नारायणी सामुदायिक अस्पतालमा उपचार गराइरहनुभएका ती बिरामीलाइ कोरोना सक्रमण भएपछि भरतपुर अस्पताल सारिएको हो । लामो समयदेखि मुटुका बिरामी उहाँको निमोनियाको लक्षण देखिएपछि सोमबार कोरोना परीक्षण गरिएको नारायणी सामुदायिक अस्पतालका प्रबन्ध निर्देशक डा.भक्तमान श्रेष्ठले जानकारी दिनुभयो ।

कोरोनाबाट बिरामीको मृत्यु भएसँगै चितवनमा थप सुरक्षा सर्तकता अपनाइएको छ । मृतकका परिवार र उहाँले भेट्नुभएका मानिसको सम्भाव्य ट्रेसिङ गर्ने काम र उनीहरूको स्वास्थ्य परीक्षण गर्ने काम शुरु भइसकेको अस्पतालले बताएको छ ।
सोमबार मात्रै चितवनको कोरोना परीक्षण प्रयोगशालामा परीक्षण गरिएकामध्ये ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । यसरी कोरोना पुष्टि हुनेमध्येमा २३ जना चितवनका हुन् । यो समाचार गोरखापत्र अनलाईबाट लिइएको हो ।

प्रतिकृया