एम्बुलेन्समा यात्रु ओसार्ने दुई जना पक्राउ
प्रकाशित मिति
२०७७ बैशाख २९ गते, सोमबार ०५:०९

बारा, एम्बुलेन्समा यात्रु ओसारपसार गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बिश्रामपुर गाउँपालिका–२ बस्ने २४ वर्षीय राजन पटेल र सोही गाउँपालिका–३ बस्ने २७ वर्षीय अनिल पटेल रहेका छन् ।
कोरोना भाइरस (कोभिड–१९) का कारण देशभर लकडाउन भैरहेको अवस्थामा उनीहरुले बिरामी बोक्ने अन टेष्ट लेखिएको एम्बुलेन्समा यात्रु बोकी ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले फेला पारी पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान पश्चात जिल्ला प्रशासन कार्यालय बारामा पेश गरिएकोमा उक्त कार्यालयको आदेशले राजन पटेल ७ हजार रुपैयाँ र अनिल पटेल २८ हजार रुपैयाँ धरौटी राखि तारेखमा रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
Related
Recent News
- युनिग्लोब कलेजमा युनिग्लोब आईटि एक्सपो र स्टार्टअप मेला-२०२५ आयोजना हुँदै
- नेप्सेमा आज झिनो अंकको गिरावट, कारोबार रकम पनि घट्यो
- आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता
- आज यी कम्पनीको सेयरमूल्य सर्वाधिक बढ्यो
- पाँच महानगरमध्ये तीनले बजेट ल्याए,दुई आज आउँदै,काठमाडौँ अझै अन्योलमा
- वीरगञ्ज महानगरले ल्यायो तीन अर्ब २२ करोडको बजेट
- माओवादी केन्द्रद्वारा भिजिट भिसा छानबिन समितिको स्वागत
- आजको सत्तापक्षीय दलको बैठकमा यस्तो भयो निर्णय
- छानबिन समिति अस्वीकार गर्दै रास्वपाको संसद अवरोध जारी
- आज प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से
प्रतिकृया