• 1:56 am

कोशी अस्पतालबाट दुई जना डिस्चार्ज

प्रकाशित मिति

२०७७ बैशाख २८ गते, आईतवार ०५:४७

विराटनगर, कोरोना सङ्क्रमण भई विराटनगरको कोभिड–१९ उपचार केन्द्रमा उपचारत दुईजना सङ्क्रमणमुक्त भएका छन् । अस्पतालमा गत वैशाख १३ गते भर्ना भएका भोजपुर हतुवागडी गाउँपालिका–६ का उपेन्द्र चाम्लिङ र १४ गते भर्ना भएका झापा बाह्रदशीको ४० वर्षीय मुजाइर आलाम आइतबार डिस्चार्ज भएका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख एवं अस्पताल व्यवस्थापन प्रमुख ज्ञानबहादुर खड्काका अनुसार चिकित्सकको सिफारिसका आधारमा दुवै जनालाई डिस्चार्ज गरेर होम क्वारेन्टाइनमा बस्ने गरी पठाइको छ ।

योसँगै कोभिड–१९ उपचार केन्द्रबाट १६ जना संक्रमितले स्वास्थ्यलाभ गरेर घर फर्कनु भएको छ । अस्पतालमा शनिबार र आइतबार भर्ना गरिएका चार जनासहित पुराना सङ्क्रमित १४ गरी १९ जनाको उपचार भईरहेको छ । हाल सम्म नेपालमा ११० जनामा संक्रमण देखिएको छ । जस मध्ये ३१ जना कोरोना मुक्त भइसकेका छन् ।

प्रतिकृया