• 5:21 pm

भारतीय र चिनियाँ सुरक्षाकर्मीबीच सिक्किम क्षेत्रमा झडप

प्रकाशित मिति

२०७७ बैशाख २८ गते, आईतवार ०४:१४

एजेन्सी, भारत र चीनका सुरक्षाकर्मीबीच सिक्किम क्षेत्रनजिक नाकु ला पासको सिनो–इन्डिया सीमामा झडप भएको छ । झडपमा दुवैतर्फका केही सुरक्षाकर्मी घाइते भएका छन् ।

भारतीय अखबार द टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले भारतीय एक उच्च अधिकारीलाई उद्धृत गर्दै भिडन्तको समाचार लेखेको छ । समाचारअनुसार स्थानीय स्तरको छलफलको क्रममा दुवैतर्फका सुरक्षाकर्मीबीच भनाभन सुरु हुँदै मुक्कामुक्कीसम्म पुगेको थियो । यसअघि सन् २०१७ को अगष्टमा भारतको लद्दाखसँग जोडिएको सीमाक्षेत्र पाङ्गोङमा समेत यसै प्रकारको विवाद भएको थियो ।

स्रोतलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले यसप्रकारको विवाद दुवैतर्फका सुरक्षाकर्मीले स्थापित प्रटोकोलबमोजिम आफैँ समाधान गर्दै आएका छन् । विवादबारे दुबै देशका सरकारी अधिकारीहरूले भने पुष्टि गरिसकेका छैनन् ।

प्रतिकृया