• 2:57 am

लिपुलेक मिच्न पाइँदैन भन्दै विरोध गर्ने युवा पक्राउ

प्रकाशित मिति

२०७७ बैशाख २८ गते, आईतवार १२:५६

काठमाडौं, लिपुलेकमा भारतले गरेको सडक विस्तारको विरोध गर्दै बानेश्वर पुगेको एक टोलीलाई प्रहरीले पक्राउ गरेको छ । सेभ बोर्डरको नारा लगाउँदै संसद भवन नयाँ बानेश्वरको पानी ट्याङ्की तर्फबाट सीमा मिच्न पाइँदैन भन्दै संसद भवनतर्फ अघिबढेको टोलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नेपाल, भारत र चीनबीचको त्रिदेशीय सीमा रहेको लिपुलेकमा नेपाली भूभाग समेत मिचेर भारतले मानसरोवर जाने बाटो विस्तार गरेको विरोधमा केही दिनदेखि काठमाडौंमा विरोध प्रदर्शन भइरहेको छ । शनिबार पनि भारतीय दूतावास अघि विरोध प्रदर्शन गर्न पुगेका विद्यार्थीहरूलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिकृया