• 4:05 pm

आज केहि स्थानमा हावाहुरी, मेध गर्जन र चट्याङसहित वर्षा हुने संभावना

प्रकाशित मिति

२०७७ बैशाख २८ गते, आईतवार ०९:३०

 

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव र स्थानीय वायुको प्रभाव हुनुका साथै तथा बंगालको खाडीवाट भित्रिएको जलवाष्पयुक्त वायुको सामान्य प्रभाव परिरहेको छ।

पश्चिमी भुभागहरुमा बदली भई हावाहुरी, मेध गर्जन र चट्याङ सहित केहि स्थानहरुमा वर्षा भईरहेको छ र बाँकी भुभागमा सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।

आज दिउँसो देशको पश्चिमी भुभाग लगायत मध्य र पुर्वका पहाडी भूभागमा सामान्य बदली रहनेछ भने बाँकि भूभागमा आंशिक बदली रहनेछ। पश्चिमी भूभागका केही स्थानहरुमा साथै मध्य र पुर्वका एक दुई स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

खराती देशको पश्चिमी भुभागमा सामान्य बदली रहि बाँकी भुभागमा आंशिक बदली रहनेछ। पश्चिमि भुभागका थोरै स्थानहरु लगायत मध्य र पुर्व एकदुई स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

प्रतिकृया