• 6:59 am

देशको सिमा मिचिदा सरकारको चरित्र उदांगो भयोः तरुण दल

प्रकाशित मिति

२०७७ बैशाख २७ गते, शनिबार ०६:३५

काठमाडौं, भारतले हस्तक्षेप गरी नेपालको लिपुलेक हुँदै चीनको कैलाश मानसरोवर जाने सडक मार्गको उद्घाटन गरेकोमा नेपाल तरुण दलले सहिय नहुने बताएको छ ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले आज विज्ञप्ती जारी गर्दै देश माथि यस प्रकारका गतिविधि हुदा नेपाल तरुण दलले सरकारलाई सुसूचित र ध्यानाकर्षण गराउदै आएको बताउनु भएको छ ।

बस्नेतले भन्नुभयो ‘कुनै पनि मुलुकको सिमा रक्षा गर्नु त्यस देशको सरकारको मुख्य कर्तव्य हो तर विडम्बना यतिका समय बितिसक्दा यस्तो संवेदनशील विषयमा नेपाल सरकारले कुनै पनि कुटनैतिक पहल नगर्नु र आधिकारिक धारणा समेत व्यक्त नगर्नुले सरकारको चरित्र उदांगो भएको छ । ’ उहाँले थप्दै ‘सरकारको यस्तो प्रकारको लाचार शैली प्रति खेद प्रकट गर्दै देशको सिमा रक्षाको निम्ति यथासिग्र उचित कदम चालि नेपाल भुमिको रक्षा गर्नका लागि नेपाल तरुण दल सरकारको ध्यानाकर्षण गराएको छ ।’

मितिः २०७६/०१/२७

प्रेस विज्ञप्ती
आदरणीय देश विदेशमा रहनुभएका दाजुभाई तथा दिदीबहिनीहरु नेपाल एक सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्र हो भन्ने कुरा यहाँहरु सबैलाई अवगत नै छ । कुनै पनि सार्वभौमसत्ता सम्पन्न राष्ट्र माथि अन्य मुलुकद्वारा कुनै पनि क्षेत्रमा गरिने हस्तक्षेप त्यस देशका नागरिकहरुलाई सहिय हुदैन । देश माथि यस प्रकारका गतिविधि जहिले जहिले हुन्छन हरेक पटक नेपाल तरुण दलले सरकारलाई सुसूचित र ध्यानाकर्षण गराउदै आएको छ । यसै अन्र्तगत भारतले गत शुक्रबार नेपालको भुमि लिपुलेक हुँदै चीनको कैलाश मानसरोवर जाने सडक मार्गको उद्घाटन गरेको कुराले हामी नेपाली नागरिकको आत्मामा गहिरो चोट पु¥याएको छ । यसरी हाम्रो भुमि माथिको हस्तक्षेपको नेपाल तरुण दल घोर भत्र्सना गर्दछ । कुनै पनि मुलुकको सिमा रक्षा गर्नु त्यस देशको सरकारको मुख्य कर्तव्य हो तर विडम्बना यतिका समय बितिसक्दा यस्तो संवेदनशील विषयमा नेपाल सरकारले कुनै पनि कुटनैतिक पहल नगर्नु र आधिकारिक धारणा समेत व्यक्त नगर्नुले सरकारको चरित्र उदांगो भएको छ । सरकारको यस्तो प्रकारको लाचार शैली प्रति खेद प्रकट गर्दै देशको सिमा रक्षाको निम्ति यथासिग्र उचित कदम चालि नेपाल भुमिको रक्षा गर्नका लागि नेपाल तरुण दल सरकारको ध्यानाकर्षण गराउँदछ ।
जय नेपाल ।

प्रतिकृया