• 5:02 pm

कोरोना अपडेटः बिश्वभर ४० लाख संक्रमित, २ लाख ७५ हजारको मृत्यु

प्रकाशित मिति

२०७७ बैशाख २७ गते, शनिबार ०४:५९

काठमाडौं । बिश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ लाख ७४ हजार ४ सय नाघेको छ । बिश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण दर दिन प्रति दिन बढिरहेको छ । कोरोनाले सबैभन्दा धेरै अमेरिकाका नागरिकको मृत्यु भएको छ भने संक्रमण पनि अमेरिकामा नै धेरै फैलिएको छ ।

अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या शनिवार राति १ बजेसम्मको रिपोर्टअनुसार ७७ हजार ९ सय पुगेको छ । त्यस्तै त्यहाँ भाइरसबाट संक्रमित हुनेहरुको संख्या १३ लाख ८ हजार ७ सय पुगेको छ । शुक्रबार मात्र अमेरिकामा ९ सय ७६ जनाको मृत्यु भएको छ ।

उता, बेलायतमा मृत्यु हुनेको संख्या ३१ हजार २ सय ४१ पुगेको छ । संक्रमितको संख्या २ लाख ११ हजार नाघेको छ । बेलायतमा कोरोनाभाइरसको असर बढी नै देखिएको छ । त्यहाँँ सुरुवाति चरणमा नियन्त्रणमै रहे पनि पछिल्लो समय यसको असर तीव्र रुपमा देखिएको छ । कोरोनाको उद्गमस्थल चिनमा ८२ हजार ८ सय ८६ जना संक्रमित भएका छन । तर त्यहाँ ७७ हजार ९ सय ८३ जना उपचारपछि निको भइसकेका छन् ।

चीनको वुहानबाट सुरु भएको यो महामारीको असर पछिल्लो समय युरोपमा बढी देखिएको छ ।
शुुुक्ररबार इटालीमा २ सय ४३ जनाको मृत्यु भएको छ भने स्पेनमा २ सय २९ जनाको मृत्यु भएको छ । योसहित इटालीमा मर्नेको संख्या ३० हजार २ सय १ पुगेको छ भने स्पेनमा २६ हजार ३ सय पुगेको छ ।

फ्रान्समा २६ हजार २ सयभन्दा बढिको मृत्यु भइसकेको छ । फ्रान्समा १ लाख ७४ हजार ८ सय संक्रमित छन् । छिमेकी मुलुक भारतमा पनि मृत्यु हुनेको संख्या १ हजार ९ सय ८५ जना पुगिसकेको छ । भारतमा संक्रमितको संख्या ५९ हजार ६ सय नाघेको छ ।

बेल्जियममा पनि मृत्युको संख्या ह्वात्तै बढेको छ । जहाँ ८ हजार ५ सय भन्दा धेरैको मृत्यु भइसकेको छ । यस्तै जर्मनीमा १ लाख ७० हजार संक्रमित हुनुका साथै ७ हजार ४ सय भन्दा धेरैको मृत्यु भएको छ ।

इरानमा १ लाख ४ हजार ६ सय ९१ संक्रमित छन् । साथै ६ हजार ५ सय ४१ को मृत्यु भएको छ । रुसमा पनि १ लाख ८८ हजार जना संक्रमित भइसकेका छन् भने १ हजार ७ सय २३ को मृत्यु भएको छ ।

सबैभन्दा बढी प्रभावित देशहरु यस्ता छन्

नेदरल्याण्ड – ५३५९
टर्की – ३६८९

क्यानडा – ४४७३
स्विडेन – ३१७५
स्विजरल्याण्ड – १८१०
मेक्सिको – २९६१
इक्वेडर – १६५४
आयरल्याण्ड – १४२९

पेरु – १६२७
पोर्चुगल – १११४

चिन – ४६३३
चिनको वुहान सहरमा पहिलोपटक देखिएको कोरोना अहिले विश्वभरका २ सय १२ देशमा फैलिएको छ ।
अहिलेसम्म यो भाइरसका कारण ३९ लाख ८२ हजार संक्रमित भएका छन् ।

संक्रमितमध्ये करिब १३ लाख ७३ हजार जना निको भएका छन् । उपचाररत करिब २३ लाख ३५ हजारमध्ये करिब ४८ हजार ५ सयको अवस्था भने चिन्ताजनक छ ।

प्रतिकृया