• 5:26 pm

सांसद अपहरण अपराधमा संलग्नलाई कडा कार्वाही गर्न सभापति देउवाको माग

प्रकाशित मिति

२०७७ बैशाख २६ गते, शुक्रबार ०६:१७

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी, नेपालका सांसद डाक्टर सुरेन्द्र यादवको अपहरण र त्यसमा पनि कुनै न कनुै रुपले सरकारमा संलग्नता देखिएको आरोप लगाउनु भएको छ । संसदको वजेट अधिवेशनमा सम्बोधन गर्दै नेता देउवाले यस्तो बताउनु भएको हो ।

उहाँले भन्नुभयो, “एक सांसदको अपहरण र त्यसमा पनि कुनै न कुनै रुपले सरकारको संलग्नता देखिनु अर्को दुर्भाग्यपूर्ण कार्य हो । म यो घटनाको निन्दा गर्दै अपराधमा संलग्न सबैलाई कडा कार्वाही गर्न माग गर्दछु ।”

प्रतिकृया