• 3:26 am

सांसद अपहरणको यथार्थ छिट्टै आउँछः सुवास नेम्वाङ

प्रकाशित मिति

२०७७ बैशाख २६ गते, शुक्रबार ०५:४५

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले ‘सांसद अपहरण’को यथार्थ छिट्टै आउने बताउनु भएकोे छ ।

शुक्रबारबाट सुरु भएको प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै नेम्वाङले आफ्नो दल कुनै पनि आपराधिक क्रियाकलापको पक्षमा नहुने बताउनुभयो ।

सत्तारुढ नेकपाका सांसद महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालमाथि समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको आरोप लागेको छ । उनीहरूविरुद्ध जाहेरी समेत परेको छ ।

नेकपा संसदीय दलका उपनेता नेम्वाङले संसदको यो अधिवेशनले बजेटसँगसँगै शान्ति प्रक्रियासम्बन्धी बाँकी काम टुंग्याउनुपर्नेमा समेत जोड दिनुभएको छ ।

प्रतिकृया