• 5:30 pm

नेपालगञ्जमा थप एकजनामा कोरोना संक्रमणको पुष्टि , संक्रमित संख्या १०२ पुग्यो

प्रकाशित मिति

२०७७ बैशाख २६ गते, शुक्रबार ०४:४५

काठमाडौं, नेपालगञ्जमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँके जिल्ला नेपालगञ्जका १६ वर्षीय पुरुषको भेरी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा पोजेटिभ फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १०२ पुगेको छ । जसमा ७४ पुरुष २८ महिला संक्रमित रहेका छन् ।

प्रतिकृया