सिंहदरबार अगाडि चिनियाँ नागरिक र प्रहरीबीच झडप
प्रकाशित मिति
२०७७ बैशाख २६ गते, शुक्रबार ०४:५४

काठमाडौं, स्वदेश फिर्ता हुन पाउनुपर्ने माग गर्दै सिंहदरबारमा धर्ना दिन गएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ । विनाकुनै जानकारी लकडाउनको निषेधित क्षेत्र तोडेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्ने क्रममा झडप भएको हो ।
महागनरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेलका अनुसार सिंहरदरबार अगाडि ३३ जना चिनियाँ नागरिक जम्मा भएका थिए । सुरक्षाकर्मी भिड तितरवितर पार्न पुगेपछि चिनियाँ नागरिकहरूले प्रहरीलाई ढुंगामुढा गरेको पोखरेलको भनाइ छ ।
त्यसक्रममा ३३ जना नै चिनियाँ नागरिक पक्राउ परेका छन् । चिनियाँ नागरिक र प्रहरीबीच भएको घम्साघम्सीमा महानगरीय प्रहरी वृत्त, सिंहदरबारका डीएसपी हरिबहादुर बस्नेत, एक जना महिला प्रहरी र चिनियाँ नागरिकतर्फ तीन जना घाइते भएका छन् ।
घाइतेको वीर अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
Related
Recent News
- पर्सा पोखरीयाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव र नासु साह अख्तियारको नियन्त्रणमा
- नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सीप मेला २०८२’ मा संस्थागत साझेदार
- नेपाल एसबिआई बैंक द्वारा चौदण्डीगढी नगरपालिकामा सामाजिक उत्तरदायित्व कार्यक्रम
- नेपालको निर्यातमा ७७.७७ प्रतिशतको ऐतिहासिक वृद्धि
- प्रमुख तीन दलका शिर्ष नेताहरुको बैठक सिंहदरबारमा शुरु
- काठमाडौंमा लगाइएको हट्यो निषेधाज्ञा
- टुरिजम इन्भेष्टमेन्ट फण्डले आईपीओ निष्कासन गर्ने तयारीमा
- संसदको कार्यसूचीबाट हट्यो प्रधानमन्त्रीसँगको प्रश्नोत्तर
- वाणिज्य बैंकको कर्जा प्रवाह बढ्यो, ११ महिनामा कति भयो लगानी ?
- रास्वपाले आज पनि बहिष्कार गर्यो संसद बैठक
प्रतिकृया