४३४ सांसद तथा कर्मचारीका पिसिआर रिपोर्ट नेगेटिभ
प्रकाशित मिति
२०७७ बैशाख २६ गते, शुक्रबार ०२:११

काठमाडौँ, सङ्घीय संसद प्रतिनिधिसभा (राष्ट्रियसभा)का सांसद तथा कर्मचारीको कोभिड–१९ को स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले बिहीबार परीक्षण गराएका सबै ४३४ को रिपोर्ट नेगेटिभ आएको जानकारी दिनुभयो ।
ती मध्ये २१२ सांसद र बाँकी संसद् सचिवालयका कर्मचारी हुनुहुन्थ्यो । उहाँहरु सबैको संसद् भवन नयाँ बानेश्वरमा स्वाब सङ्कलन गरी पिसिआर परीक्षण गरिएको थियो । आजदेखि सङ्घीय संसद्को बजेट अधिवेशन शुरु हुँदैछ । कोरोनोको जोखिम हुन नदिन सांसद र कर्मचारीको अनिवार्य पिसिआर परीक्षण गरिएको थियो ।
महाशाखा निर्देशक डा पाण्डेका अनुसार बिहीबार परीक्षण नभएका सांसदको आज पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ ।
Recent News
- युनिग्लोब कलेजमा युनिग्लोब आईटि एक्सपो र स्टार्टअप मेला-२०२५ आयोजना हुँदै
- नेप्सेमा आज झिनो अंकको गिरावट, कारोबार रकम पनि घट्यो
- आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता
- आज यी कम्पनीको सेयरमूल्य सर्वाधिक बढ्यो
- पाँच महानगरमध्ये तीनले बजेट ल्याए,दुई आज आउँदै,काठमाडौँ अझै अन्योलमा
- वीरगञ्ज महानगरले ल्यायो तीन अर्ब २२ करोडको बजेट
- माओवादी केन्द्रद्वारा भिजिट भिसा छानबिन समितिको स्वागत
- आजको सत्तापक्षीय दलको बैठकमा यस्तो भयो निर्णय
- छानबिन समिति अस्वीकार गर्दै रास्वपाको संसद अवरोध जारी
- आज प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से
प्रतिकृया