• 4:38 pm

संसद बर्खे अधिवेशनः कोरोना रिपोर्ट अनिवार्य, सामान साथमा लैजान नपाइने

प्रकाशित मिति

२०७७ बैशाख २५ गते, बिहीबार ०४:३९

काठमाडौं, कोरोना भाइरस संक्रमणको जोखिमकै बीच सरकारले भोलिबाट संसदको बर्खे अधिवेशन सुरु गर्दैछ। कोरोनाको संक्रमणबाट जोगिन बजेट अधिवेशनमा चस्मा ,डायरी, कलम र औषधिलगायतका सामान संसदभित्र लैजान रोक तथा सहभागी हुने सांसदहरुले कोरोना संक्रमण नभएको रिपोर्ट देखाएपछि मात्र संसद बैठकभित्र प्रदेश गर्न पाइने भएका छन् ।

साथै छाता, लट्ठी, झोला, ब्रिफकेस, पावर बैंक, इयरफोन, पेनड्राइभ, चार्जर, चाबी, डायरी, कलम, हातहतियार, सूतीजन्य पदार्थ, चकलेट चुइगम, पानीको बोतल, चस्मा, औषधी, धातुजन्य पदार्थ एवं सिक्का पैसा आदि लैजान निषेध गरेको छ।

बैठक सञ्चालन अघि कोरोना भाइरसको परिक्षणको लागि आज प्रतिनिधिसभा, राष्ट्रिय सभाका सदस्य तथा संसदका कर्मचारीहरुको स्वाब संकलन पनि गरिएको छ। साथै, संसदमा विशिष्ट व्यक्ति, संवैधानिक अंगका प्रमुख, कूटनीतिक नियोगका प्रमुख र पत्रकार तथा दर्शकदीर्घामा लागि छुट्टाछुट्टै प्रवेशद्वारको व्यवस्था गरिएको छ ।

प्रतिकृया