म.थि.न.पा. विपत व्यवस्थापन कोषमा नगर प्याबसनद्वारा खाद्यन्न सामाग्री हस्तान्तरण
प्रकाशित मिति
२०७७ बैशाख २४ गते, बुधबार ०७:१४

भक्तपुर, विश्वव्यापी रुपमा फैलिएको कोभिड– १९ (कोरोना) का कारण विश्व मानव जाती आक्रान्त भईरहेको वर्तमान परिवेशमा नेपाल पनि प्रभावित भएको छ । यस संकटको घडीमा हरेक नेपालीले आ– आफ्नो तर्फबाट देश प्रति वहन गर्नु पर्ने उत्तरदायित्व बोध गरि आफूले सकेको सहयोग पु¥याउनु नागरिकको कर्तव्य हो
सोहीक्रममा प्याबसन मध्यपुर थिमि नगरपालिका अन्तरगत रहेका निजि विद्यालयहरुबाट सहयोग रकम सकलन गरी कोभिड–१९ विपत व्यावस्थापन कोषमा मथिनपलाई दुई लाख एक हजार पाँच सय रुपियाँको खद्यान्न सामाग्री हस्तान्तरण गरिएको छ ।
खद्यान्न सामाग्रीमा चामल १०० बोरा, मुसुरोको दल १०० केजी र तेल बीस कर्टुन एभेरेष्ट पार्टी प्यालेसमा नगरप्रमुख मदन सुन्दर श्रेष्ठलाई प्याबसन मध्यपुर थिमि नगर समितिका समितिका अध्यक्ष निलेश आचर्यले हस्तान्तरण गर्नु भएको हो ।
नगर प्रमुख श्रेष्ठले थिमि नगरभित्र रहेका नगदेश, बोडे, पुरानो थिमि, गठ्ठाघरलगायत विभिन्न स्थानका बिपन्न परिवारका ९ देखि १० हजार जनालाई १३ दिन देखी दैनिक दुई छाक खाना खुवाउँदै आएको बताउनुभयो ।
कार्यक्रममा प्याबसन जिल्ला कार्य समिति भक्तपुरका अध्यक्ष चन्द्र अधिकारी, प्याबसन केन्द्रिय कार्यसमितिका उपाध्यक्ष दिपिका थापा, सहकोषाध्यक्ष गणेश बाबु पोखरेल, प्याबसन जिल्ला कार्यसमिति भक्तपुरका बरिष्ठ उपाध्यक्ष सुरेन्द्र श्रेष्ठ, उपाध्यक्ष राजन कसपाल, प्याबसन मध्यपुर थिमि नगर समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
हालसम्म नेपालमा ९९ जना संक्रमण देखिएको छ भने १६ जना उपचार पश्चत सन्चो भइसकेका छन् । आज मात्र नेपाल सरकार जेठ ५ गते सम्म लकडाउन थपेको छ ।
फोटो फिचर
प्रतिकृया