• ११:४३ २०८० चैत्र १६ गते
  • 11:43 am

नेपाली नागरिकले दिए यूएईस्थित दूतावासमा धर्ना

प्रकाशित मिति

२०७७ बैशाख २३ गते, मंगलवार ०६:१४

uae dutabas

काठमाडौं, संयुक्त अरब इमिरेट्स (यूएई) स्थित नेपाली दूतावासमा नेपाली नागरिकले धर्ना दिएका छन् । दुबईको इमिरेट्स क्याब ट्याक्सीमा काम गर्ने नेपाली नागरिकले आज काम नपाएर अलपत्र परेको भन्दै धर्ना दिएका हुन् । साथै उनीहरुले नेपाल फर्काउन समेत माग गरेका छन् ।

यूएईको सारजहामा कम्पनीको बेवास्ताले अलपत्र परेका ३० नेपालीमध्ये १७ जना श्रमिक लगेज बाकेरै दूतावासमा पुगेका थिए । यसअघि उनीहरूलाई यूएईकै प्रवासी नेपालीहरूले कोठा खोजेर राखेका थिए ।

तर, कोठा भाडाको समय अवधि सकिएपछि फेरि अलपत्र हुने अवस्था आएको भन्दै उनीहरु दूतावास पुगेका हुन् । यता दूतावासरले एनआरएनएको सहयोगमा सारजाहमा बस्ने व्यवस्ता मिलाएको बताएको छ ।

धर्नामा बसेका उनीहरुसँग दूतावासमा वार्ता भएपछि दूताजासले सो व्यवस्था मिलाएको बताएको हो । दूतावासले एक विज्ञप्ति जारी गर्दै उनीहरुलाई सारजाहसम्म लैजाने प्रवन्ध पनि मिलाइएको जानकारी दिएको छ । साथै उनीहरुलाई लकडाउन खुलेलगत्तै नेपाल फर्किने प्रवन्ध गर्ने प्रतिवद्धता समेत दूतावासले गरेको छ ।

प्रतिकृया