• ११:४० २०८० चैत्र १६ गते
  • 11:40 am

जापानमा कोरोना नयाँ संक्रमितको संख्या ह्वात्तै बढ्यो

प्रकाशित मिति

२०७६ चैत्र २८ गते, शुक्रबार ०६:२७

corona virus.1580665960

 

एजेन्सी – जापानमा कोरोना भाइरसका बिरामी ह्वात्तै बढेको छन् । जापानमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का पाँच सयभन्दा धेरै नयाँ संक्रमित फेला परेका हुन् ।

पछिल्लो एक दिनमा जापानमा ५०३ जना नयाँ संक्रमित फेला परेका हुन् । यसमध्ये एक सय ४४ राजधानी सहर टोकियोमा फेला परेका हुन् ।

यससँगै जापानमा समग्र संक्रमितको संख्या पाँच हजार तीन सय नाघिसकेको छ । जापानमा अहिलेसम्म यो भाइरसबाट ९४ जनाको मृत्यु भइसकेको बीबीसीले जनाएको छ । कोरोना भइरस विश्वमहामारीको रुप लिएको छ ।

प्रतिकृया