• ०८:०१ २०८१ बैशाख ६ गते
  • 8:01 am

प्रधानमन्त्रीको सम्बोधनप्रति भट्टराईले “जनतालाई जीवन वा स्वतन्त्रतामध्ये एक रोज भन्नु आपत्तिजनक” रहेको कडा टिप्पणी

प्रकाशित मिति

२०७६ चैत्र २६ गते, बुधबार ०७:३०

Baburam BHattarai e1664805432305

काठमाडौं। समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीको सम्बोधनबारे आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् ।

उनले संकटको घडीमा देशको कार्यकारी प्रमुखले जनतालाई नियमित रुपमा सम्बोधन गर्नु राम्रो भएपनि जनतालाई जीवन वा स्वतन्त्रता मध्ये एक रोज भन्नुचाहीँ आपत्तिजनक भएको टिप्पणी गरेका छन् ।
भट्टराईले आफ्नो ट्विटरमा यस्तो लेखेका छन्,”संकटको वेलामा देशको कार्यकारी प्रमुखले जनतालाई नियमितरूपमा संवोधन गर्नु राम्रो हो।तर प्रमले आफ्नो संवोधनमा जनतालाई जीवन वा स्वतन्त्रतामध्ये एक रोज भन्नुचाहिं आपत्तिजनक छ।लोकतन्त्रमा हामीलाई दुवै चाहिन्छ।त्यसरी नै आलोचनालाई वेमौसमी बाजा भन्नु अलोकतान्त्रिक र असहिष्णु प्रवृत्ति हो।” भन्दै पोष्ट गरेका छन् ।

baburam

प्रतिकृया