६ किलो चरेससहित भारतीय नागरिक पक्राउ
प्रकाशित मिति
२०७६ चैत्र ५ गते, बुधबार १०:११

काठमाडौं । नेपाल प्रहरीले छ किलो १५० ग्राम चरेससहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले कलङ्कीस्थित एक होटलबाट अवैध लागुऔषध चरेससहित भारत विहारका ४० वर्षीय अनवर अली अन्सारीलाई मङ्गलबार साँझ पक्राउ गरेको हो ।
वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रुगम कुँवरले झोलामा लुकाएर राखेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ परेका अन्सारीलाई आवश्यक अनुसन्धान भइरहेको वृत्तले जनाएको छ । उनलाई आजै जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी लागुऔषध ऐन २०३३ अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक कुँवरले बताए ।
Related
Recent News
- जोखिममा परेका बालबालिकाका लागि काठमाडौं महानगरको अस्थायी संरक्षण गृह घोषणा
- मेयर बालेनद्वारा काठमाडौं महानगरको १९ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक
- मौद्रिक नीतिपछि नेप्सेमा दोहोरो अंकको सुधार, कति बढ्यो कारोबार ?
- आज यी कम्पनीको भयो सर्वाधिक कारोबार
- महालक्ष्मी विकास बैंककोसञ्चालकमा अश्वीनी कुमार ठाकुर
- स्पेन भ्रमणमा सहभागी केही व्यक्ति नफर्किएको पुष्टि भइसकेको राप्रपाको दाबी
- कर्मचारी सरुवा घुस प्रकरणमा प्रधानमन्त्रीको जवाफ माग्दै सांसद रेखा शर्मा आक्रोशित
- स्पेन भ्रमणबारे फैलाइएको झुटो प्रचारप्रति प्रधानमन्त्री ओलीको प्रहार
- अझै पनि हटेन छाउपडि प्रथा , फेरि लियो एक चेलीको ज्यान
- महँगा क्यान्सर औषधि अब नेपालमा निःशुल्क
Crime
- उच्च प्रविधि उपकरण खरिद प्रकरणमा १६ करोड भ्रष्टाचार, पूर्वकार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा दायर
- गण्डकी प्रदेशका लेखा अधिकृत पौडेलविरुद्ध ६ करोड भन्दा बढी भ्रष्टाचार मुद्दा
- १ अर्ब ५० करोड बराबरको क्रिप्टोकरेन्सी कारोबार गर्ने दुई भारतीय पक्राउ
- करोडै रकमसहित चिनियाँ नागरिक पक्राउ
- पर्साबाट स्रोत नखुलेको २८ लाखभन्दा बढी नगदसहित ३ जना पक्राउ
प्रतिकृया