• 1:17 am

चिर्पट प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा पक्राउ

प्रकाशित मिति

२०७६ चैत्र ५ गते, बुधबार १०:०६

नुवाकोट । चिर्पट प्रहार गरी घाइते बनाएको अभियोगमा रामलाल तामाङ भन्ने किर्ते तामाङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

शिवपुरी गाउँपालिका पाटीभन्ज्याङ बस्ने सागर तामाङलाई चिर्पट प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने किर्ते तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

उक्त घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी पाटीभन्ज्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । सागर तामाङलाई उपचारको लागि काठमाडौंतर्फ पठाइएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिकृया