• 5:38 pm

हल्लाको पछि नलागौँ, बजारमा पेट्रोलियम पदार्थको र ग्यासको अभाव छैन: आयल निगम

प्रकाशित मिति

२०७६ चैत्र ५ गते, बुधबार ०६:२७

काठमाडौं । नेपाल आयल निगमले बजारमा पेट्रेलियम पदार्थको अभाव नरहेको बताएको छ ।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिम बढेकाबेला भारतबाट आयात बन्द हुने आशंकामा बजारमा माग बढेको भएपनि आपूर्तिमा कुनै समस्या नरहेको आयल निगमले बताएको हो ।

निगमका प्रवन्ध निर्देशक सुशील कुमार पौडेलले मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै पेट्रोलियम पदार्थको माग अत्याधिक बढेको तर आयात र वितरणमा कुनै समस्या नरहेको बताए ।

नेपाल पेट्रोलियम ढुवानी व्यवसायी संघका अध्यक्ष खगेश्वर बोहोराले बजारमा पेट्रोलियम पदार्थको ढुवानीमा कुनै समस्या नरहेको बताए । उनले ७ वटै नाकाबाट पेट्रोल आयात भइरहेको र निगमले उपलब्ध गराए अनुसार पेट्रोलियम पदार्थ बजारमा पुर्याउन कुनै समस्या नरहेको जानकारी दिनुभयो ।

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले अहिले सम्म ग्यास आपूर्तिमा कुनै समस्या नरहेको बताए । उनले दैनिक रुपमा १ लाख सिलिण्डर विक्री वितरण भइरहेको बताए ।

प्रतिकृया