कोरोना नमस्कारः नगरप्रमुख श्रेष्ठ
प्रकाशित मिति
२०७६ चैत्र ३ गते, सोमबार ०७:०५

कोरोनाको संक्रामणबाट बच्न आइसोलन वार्ड बनाउनुका साथै थिमि नगरपालिकाका स्कुल बन्द गर्न अपिल
भक्तपुर, मध्यपुर थिमि नगरपालिकाले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) प्रकोपको संक्रमणबाट बच्नकालागि नगरपालिका भित्र विशेष साबधानी अपनाएको छ ।
म।थि।न।पा।नगरप्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार नगरपालिकाले नेपाल–कोरीया मैत्री अस्पतालमा कोरोना संक्रमित भएमा २० वटा आइसोलेसन वार्ड बनाउन सुरु गरेको छ । संक्रमित हुनेका लागि छुट्टै दुई वटा कोठामा चारवटा शय्या रहने गरी २० वटा क्वारेनटाइन राख्ने गरी मेडिकल टिम र अत्यावश्यक सामग्री समेत तयारी गरेको उहाँले बताउनुभयोे ।
नगर प्रमुखले आइसोलेसन वार्ड बुधबार सम्म सम्पन्न हुने गरी काम भैरहेको जानकारी गराउनुभएको छ । निर्माण सम्पन्न नहुदै यदी कुनै संक्रमति व्याक्ति आएमा अस्पतालको नयाँ भवनलाई प्रयोग गर्ने बताउनुभयो ।
कोरोना भाइरसको संक्रमण हुनबाट डराउनु भन्दा सजक रहन नियमित सरसफाई र दैनिक खानपिनमा ध्यान दिन अनुरोेध गर्दै उहाँले आफू बचौं र आरुलाई पनि बचाउ भन्दै अरुलाई प्रोत्साहन गर्नका लागि आफूले हात नमिलाएर ‘कोरोना नमस्कार’ गर्ने गरेको बताउनुभयो । नगपालिकाले नगरवासीलाई कोरोना सम्बन्धी सचेत गराउन ब्रोसर, पर्चापप्लेट एक हजाार भन्दा बढी वितरण गरेको नगर प्रमुखले बताउनुभयो ।
बजारमा मास्क, औैषधीलगायत अत्यावश्यक वस्तुको अभाव हुन नदिन केही सामानहरु भण्डारण गरिएको समेत जनाएको छ । त्यसैगरी नगरपालिकाले यस वर्षको वार्षिक परिक्षा सकिए लगत्तै नगरभित्रका सम्पुर्ण स्कुलको पठनपाठन बन्दा गर्न अनुरोध गरेको छ । साथसाथै यही चैत्र २५ गते पछी मात्र नतिजा प्रकाशित गर्न सुचना जारी गरेको छ ।
कोरोनाबाट बच्न निजि तथा समुदायिक विद्यालयले सहयोग गरौंः प्याब्सन नगर अध्यक्ष अचार्य
प्याब्सन नगर अध्यक्ष तथा आदर्श जनप्रेमी स्कुल तथा कलेजका प्रिन्सिपल निलेश अचार्यले कोभिड–१९ को संक्रमणबाट बच्नका लागि नगरपालिकाले पहिलो पटक गरेको विशेष कार्य एकदमै राम्रो रहेको बताउनुभयो । साथै निजि तथा समुदायिक विद्यालयले पठनपाठन बन्दा गरी नगरपालिका तथा नेपाल सरकारलाई सहयोग गर्न सम्पूर्ण शिक्षक, अभिभावक, विद्यालयहरुलाई अनुरोध गर्नुभयो ।
चीनबाट विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस प्रकोपको संक्रमणबाट बच्नको लागि नेपाल लगायत विभिन्न राष्ट्रहरुले आन्तरिक तथा बहिह्र्य सभा सम्मेलन, अनावश्यक भिड, जमघट नगर्न नगराउन अनुरोध गरेका छन् । साथ–साथै सीमामा कडाई तथा नाका बन्दी समेत गरेका छन् ।
हाल सम्म विश्वभर १ लाख ६९ हजार ४ सय ३२ जना कोभिड–१९ को संक्रमण भएको पुष्टि भएको छ भने ६ हजार ५ सय १३ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
प्रतिकृया