शनिबार वीरगन्जमा टीभीएस म्याराथुन हुने, प्रथम हुनेले १ लाख २५ हजार र टीभीएस स्कुटर पाउने
प्रकाशित मिति
२०७६ फाल्गुन १६ गते, शुक्रबार ०५:०८
![](https://matribhuminews.com/wp-content/uploads/2020/02/88056289_537543953784212_5512789089344028672_n.jpg)
काठमाडौ । भोलि शनिबार वीरगन्जमा हालसम्मकै सबैभन्दा ठूलो म्याराथुन इभेन्ट ‘टीभीएस वीरगन्ज म्याराथुन २०७६’ हुने भएको छ ।
नेपालका लागि टीभीएस बाइकको आधिकारिक वितरक जगदम्बा मोटर्सको मुख्य प्रायोजनमा हुने सो म्याराथुन भिजिट नेपाल इयर २०२० प्रदेश नम्बर २, नेपाली सेनाको मध्य पृतना र नम्बर २८ बाहिनी तथा वीरगन्ज महानगरपालिकाको सह–संयोजकत्वमा हुन लागेको हो ।
वीरगन्ज घण्टाघरबाट प्रारम्भ हुने सो म्याराथुन विभिन्न स्थान पार गर्दै सेनाको ब्यारेकमा पुगेर समापन हुनेछ ।
काठमाडौं वाहिर हुन लागेको हाल सम्मकै सबैभन्दा ठूलो दावी गरिएको सो म्याराथुन इभेन्टमा ५ हजार भन्दा बढी सहभागी हुने र विभिन्न फरक फरक क्षमताका धावकहरु सहभागी हुने बताइएको छ ।
यसमा ७० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकका लागि १ किलोमिटर, अपांगहरुका लागि १ किलोमिटरको ह्विल चियर दौड, स्कुल विद्यार्थीहरुका लागि ५ किलोमिटर, सामान्य नागरिकका लागि १० किलोमिटर र हाफ म्याराथुनमा सहभागी हुन चाहनेका लागि २१ किलोमिटर तथा फुल म्याराथुनमा सहभागी हुन चाहनेका लागि ४२।१९५ किलोमिटर दौडको व्यवस्था गरिएको छ ।
प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत र प्रधान सेनापति पूर्णचन्द्र थापाबाट उद्घाटन गरिने सो म्याराथुनमा पहिलो हुने विजेतालाई आयोजकमार्फत १ लाख २५ हजार नगदका साथै जगदम्बा मोटर्समार्फत टीभीएस स्कुटर प्रदान गरिने जगदम्बा मोटर्सका मार्केटिङ म्यानेजर नवराज कोइरालाले बताए ।
त्यसैगरी अन्य विभिन्न विधाका विजेताहरुलाई विभिन्न पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतिकृया