• 11:47 am

महिलामाथि हातपात गर्ने प्रहरी पौडेल निरीक्षकमाथि अनुसन्धान गरिदै

प्रकाशित मिति

२०७६ फाल्गुन १६ गते, शुक्रबार ०३:५५

प्रहरी निरीक्षक देवीप्रसाद पौडेल महिलालाई लाठी हानेके आरोपमा महानगरीय प्रहरीले अनुसन्धान थालेको छ।

सेनाका अवकाश प्राप्त सहायक रथी हेम खत्रीको घरमा छिरेका महिलाहरूको समूहलाई बाहिर निकाल्ने क्रममा निरीक्षक पौडेलले लाठी हानेको हो । सामाजिक सञ्जालमा त्यो भिडियो भाइरल भएपछि प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीको निर्देशनमा सचिवालयले आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरीलाई भिडियो सहित जानकारी गराएको थियो।

महानगरीय प्रहरी प्रमुख डीआईजी विश्वराज पोखरेलले ललितपुर परिसरलाई घटनाको अनुसन्धान र दोषी उपर कारबाहीका लागि निर्देशन दिएको बताउनुभयो । उहाँले एसएसपी टेकप्रसाद राईलाई अनुसन्धान र कारबाहीको जिम्मेवारी दिएको बताउनुभयो ।

प्रहरीका अनुसार खत्री र अर्की महिलाबीच लामो समयदेखि विवाद भएको तथ्य बाहिर आएको छ । पीडित महिलाले खत्री आफ्नो श्रीमान भएको र नाता प्रमाणित गरिदिन विभिन्न निकायमा निवेदन गर्दै आएको जानकारी दिए ।

यसै विषयमा ललितपुर परिसरमा समेत पटकपटक दुई पक्षबीच वार्ता भएको छ । घटनाका दिन पीडित महिला, मानव अधिकारकर्मी र अभियन्ता सहित खत्रीको घरमा प्रवेश गरेको राईले बताउनुभयो ।

प्रतिकृया