• 6:10 pm

इटाली कोरोनाभाइरस : १२ को मृत्यु, संक्रमितको संख्या ४ सय

प्रकाशित मिति

२०७६ फाल्गुन १५ गते, बिहीबार ०७:१४

एजेन्सी । इटलीमा कोरोनाभाइरसको संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । सङ्क्रमितको सङ्ख्या चार सय पुगेको छ। पछिल्लो २४ घण्टामा इटलीमा सङ्क्रमितको सङ्ख्या २५ प्रतिशतले बढेको स्वास्थ्य अधिकारीहरुले जनाएको छन् ।

मङ्गलवार रातिसम्म कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ३२० रहेको इटलीमा त्यो सङ्ख्या बढेर चार सय पुगेको बीबीसीले जनाएको छ । इटलीको उत्तरी भेग लोम्बार्डी र भेनिसनजिक रहेको भेनेटोमा कोरोनाको संक्रमण प्रभाव बढिरहेको उल्लेख छ।

संक्रमण बढेपछि यसअघि १२ वटा शहरमा आवातजावत प्रतिबन्ध गरेको इटलीले शैक्षिक संस्था, सिनेमा हल, होटल तथा क्याफे बन्द गरिएका छन् । बुधवार अस्ट्रिया, क्रोएशिया, ग्रीस, नर्वे र स्विट्जरल्यान्डमा पनि कोरोनाभाइरसको पहिलो सङ्क्रमण भेटिएको बताइएको छ ।

प्रतिकृया