• 11:25 pm

सम्पत्ति बिक्री गरेर नेपालमा नफर्किने गरी बेलायत जाँदै यि नेतृ

प्रकाशित मिति

२०७६ फाल्गुन १४ गते, बुधबार ०२:३४

काठमाडौं, नेपाली काँग्रेसकी नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला नेपाल छाडेर विदेश जाने तयारीमा लागेकी छन्। पिता गिरिजाप्रसाद कोइरालाको निधनपश्चात् सुजाताले आफ्नो अधिकांश सम्पत्ति बिक्री गरिसकेको र बाँकी सम्पत्ति आफ्ना छोराछोरीलाई अंशको रुपमा उपलब्ध गराइदिएकी छिन् ।

अहिले सुजाताले नेपाल छाड्ने र बेलायत गएर छोरी ज्वाइँसँग बस्ने योजना बनाइरकी छन् । त्यसैका लागि सुजाताले काठमाडौँस्थित बेलायती दूतावासमा दश वर्षे भिसाको लागि आवेदन दिएकी छिन् । बेलायतले सामान्यतय नेपालीलाई दश वर्षे भिसा नदिने भए पनि सुजाताले विभिन्न माध्यममार्फत यसका लागि पहल गरिरहेको जनाइएको छ । प्रवेशाज्ञा मिल्ने बित्तिकै उनी मुख्य वासस्थान बेलायतलाई बनाउने गरी देश छाड्ने तयारीमा रहेकी छन् । घटना र विचार साप्ताहिकबाट

प्रतिकृया