• 1:12 am

दिल्ली दङ्गा : १८ जनाको मृत्यु, कैयौँ प्रहरीसहित सयौँ घाइते

प्रकाशित मिति

२०७६ फाल्गुन १४ गते, बुधबार ०६:५१

एजेन्सी । दिल्लीमा नयाँ नागरिकतासम्बन्धी कानुनको पक्ष र विपक्षमा उत्रिएका प्रदर्शनकारीहरूबीच दङ्गा भड्किँदा त्यहाँ दशकौँयताको सबभन्दा खराब हिंसा भएका छन् ।

कम्तीमा १८ जनाको ज्यान गइसकेको छ। तीमध्ये एक प्रहरी थिए। कैयौँ प्रहरीसहित डेढ सय मानिस घाइते भएका छन्। लाठी र ढुङ्गा बोकेका भिडले कुटपिट गर्दै हिँड्ने हिन्दूवादी समूहसँग सम्बन्धित नारा लगाएका छन् ।

हिंसाले साम्प्रदायिक स्वरूप ग्रहण गरिरहेको छ। हिन्दू र मुस्लिम भिडबीच झडप भएका छन्। पसल तथा घरहरू जलाइएका छन्। पत्रकारहरूमाथि पनि हमला भएका छन्। उनीहरूलाई दङ्गाको दृश्य भिडिओ नखिच्न चेतावनी दिइएका छन् ।

भारतका गृहमन्त्री अमित शाहले शान्तिको अपिल गरेका छन्। गृहमन्त्रालयले उत्तेजक बयानबाजी नगर्न चेतावनी दिएको छ तथा दिल्लीको छिमेकी राज्यहरू उत्तर प्रदेश र हरियाणासँगको सिमानामा निगरानी बढाएको छ ।

प्रतिकृया