प्रधानमन्त्रीले भ्रष्टाचारीको अनुहार हेर्दिन भन्नु भएको थियो, बालुवाटारमा ऐना छ कि छैन :सांसद गगन थापा
प्रकाशित मिति
२०७६ फाल्गुन १३ गते, मंगलवार ०३:१९
काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले पहिले पहिले माक्र्सवादी देखिने प्रधानमन्त्री केपी शर्मा ओली आजभोलि यतीवादी देखिएको गम्भिर आरोप लगाउनु भएको छ ।
मंगलबारको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै सांसद थापाले यस्तो गम्भिर आरोप लगाउनु भएको हो । उहाँले भन्नुभयो ‘पहिले पहिले माक्सवादी, बीचमा समाजवादी आजभोलि यताबाट उताबाट हेरे पनि यतीवादी देखिनु भएको छ।’
थापाले गोकुल प्रसाद बाँस्कोटाको ७० करोडको कमिशनको अडियो प्रकरणबारे प्रधानमन्त्री ओलीले संसदमा जवाफ दिनुपर्ने माग गर्नुभयो। उहाँले सञ्चारमन्त्रीको विषयमा प्रधानमन्त्रीलाई थाहा नभए के थाहा छ भन्दै कडा प्रश्न गर्दै भन्नुभयो, ,‘प्रधानमन्त्रीले भ्रष्टाचारीको अनुहार हेर्दिन भन्नु भएको थियो । बालुवाटारमा ऐना छ कि छैन? ’ उहाँले प्रधानमन्त्री ओलीलाई पार्टीभित्रकै राष्ट्रवादीले तह लगाइदिएको पनि टिप्पणी समेत गर्नुभयो ।
प्रतिकृया