• 12:19 pm

केक काण्ड: सबैले कान छाम्ने काम गरम, कागको पछि नलागम :सचेतक शान्ता चौधरी

प्रकाशित मिति

२०७६ फाल्गुन १३ गते, मंगलवार १२:५८

भक्तपुर, नेकपाकी सचेतक शान्ता चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीले ६९ औं जन्मदिन काट्नु भएको केकको बिरोधको विषय नभएको बताउनु भएको छ ।

प्रधानमन्त्री ओलीले जन्मदिनमा नेपालको नक्सा भएको केक काट्नुको चौतर्फी बिरोध भई रहँदा सांसद शान्ता चौधरीले आज सामजिक संजालमा केकको बिरोध गरेर समय खर्च गर्नु भन्दा समृद्धिको योजना र कार्यक्रममा जनताको सुझाब के छ ? त्यो विषयमा छलफल गर्न सुझाब दिनुभएको हो ।

सांसद शान्ता चौधरीले सामाजिक संजालमा लेख्नु हुन्छ, आफ्नो जन्मदिन पारेर प्रधानमन्त्री ज्यु जन्मभूमि तेर्हथुम जानु भयो । सडक, खानेपानि लगाएतका विभिन्न बिकास निर्माणका कामहरुको उद्घाटन गर्ने पहिले देखि कै योजना थियो । पटक पटक जान समयले नभ्याउने तर जन्मेको घरमा जाने पहिले देखि कै चाहना । जन्मदिन मै पारेर अन्य सबै काम सम्पन्न गर्ने योजना बन्नु स्वाभाविकै हो । स्थानीयले आफ्नो अबिभाबक र देश कै प्रधानमन्त्रीलाई भब्य स्वागत गरे । शुभेच्छुकहरुले केकको समेत ब्यबस्था गरे । रास्ट्र प्रेमको प्रतिक हुने गरि केकमाथी नेपालको नक्सा बनाए । बिरोध गर्नु पर्ने के छ यो विषयमा ? फेरी प्रधानमन्त्रीले नक्साकृति काटेको पनि होईन । कस्तो केक थियो भनेर समय खर्च गर्नुभन्दा बरु प्रधानमनमन्त्रीको समृद्धिको योजना र कार्यक्रममा तपाईको सुझाब के छन्, कसरि अघि बढ्दा विकास निर्माणका काम सजिलै सम्पन्न होलान भन्ने जस्ता बिसयमा बहस चलाउनु राम्रो हुन्छ । सबैले कान छाम्ने काम गरम, कागको पछि नलागम । सकारात्मक सोचका साथ देश विकासको अभियानमा एक ढिक्का भएर अघि बढ्न सबैमा आब्हान गर्दछु । प्रधानमन्त्रीजी लाई पुनः जन्मदिनको शुभकामना छ । समृद्धि को अभियान मा सफलता प्राप्त होस् ।

प्रतिकृया