• 11:16 am

यस कारणले हनुमन्ते करिडोर निर्माणमा ढिलाई

प्रकाशित मिति

२०७६ फाल्गुन १२ गते, सोमबार ०६:०३

काठमाडौँ, प्रतिनिधिसभाको बिकास तथा प्रविधि समितिले हनुमन्ते खोलामा सञ्चालित आयोजनाबारे अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिसँग छलफल गरेको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले हनुमन्ते करिडोर निर्माणमा ढिलाई हुँदा काठमाडौं प्रवेश गर्ने मुख्य नाका कोटश्वरमा अत्याधिक जाम हुने गरेकाले तत्काल काम सम्पन्न गरिनुपर्नेमा जोड दिएका थिए ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत बिकास समितिले भने जग्गा प्राप्ति, सीमा विवाद र नदीको बहाव परिवर्तनका कारण निर्माण कार्यमा समस्या आएको जानकारी दिएको थियो । समितिका सभापति कल्याणीकुमारी खड्काले हनुमन्ते आयोजनाका सम्बन्धमा सम्बन्धित मन्त्रालय र सरोकारवालाहरुसँग थप छलफल गरिने बताउनुभयो ।

बैठकले सवारी दुर्घटना न्युनिकरणका लागि अध्ययन गर्न गठन गरेको उपसमितिको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । बढ्दो सडक दुर्घटना न्युनिकरणका लागि अध्ययन गर्न समितिले गत पुष ४ गते बसेको बैठकले सांसद गणेश पहाडीको संयोजकत्वमा एक उपसमिति गठन गरेको थियो ।

प्रतिकृया