• 5:03 pm

प्रधानमन्त्री ओलीको जन्म दिनको केकले ततायो सामाजिक सञ्जाल

प्रकाशित मिति

२०७६ फाल्गुन १२ गते, सोमबार ०३:३९

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मोत्सवका अवसरमा काटेको केकको तस्विरले सामाजिक सञ्जाल तताएको छ। नेपालको नक्सासहितको केक काटेको फोटा सार्वजनिक भएपछि ओलीको आलोचना सुरु भएको हो। नेपालको नक्सा अंकित केक प्रधानमन्त्रीले काटेपछि धेरैले आक्रोश, कतिपयले व्यङ्ग्य र केहीले सुझाव दिए।

राजनीतिक विश्लेषक मुमाराम खनालल भन्छन्, ‘देशकै नक्सालाई केक बनाएर काट्दा हात कामेनन् भन्दै प्रश्न गरेका छन्। देखेर लाज मान्ने र मुटु कमाउने निरीह नागरिक मात्रै हों ।’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी यस विषयलाई लिएर लेख्छन्, जनताले भोकमा भुटेका मकै र ज्वरोमा सिटामोल पाएका छैनन। छोरा छोरी विदेशका विभिन्न ठाँउमाआफ्नो शरीर रेमिटान्स संग साटेका छन।पशुपतिमा लाशको विदेशी बाकस नआएको दिन छैन।त्यस देशका प्रधानमन्त्रीलाई हेलिकप्टर चार्टर्ड गरि देशको नक्सा भएको केक काट्ने कसले सुझाव दियोरुलाज लाग्दैन ?

त्यस्तै कांग्रेस केन्द्रीय सदस्य रामहरी खतिवडा भन्छन्, ‘देशको नक्सा भएको केक काटेर जन्म दिन मनाउन प्र म ओलि हेलिमा तेह्रथुम पुग्नु भएछ। देशको नक्सा काटेकोमा वहाँलाई आनंद लागेको होला । तर यो दृश्यलाई सबैले राम्रो मानेनन् । जन्म दिनको शुभकामना , प्र म ज्यु।’

त्यस्तै पुरुषोत्तम ढुंगेलले लिम्पियाधुरालाई यस विषयलाई जोडेर लेख्छन्, दुई तिहाइका पिएम,जनतालाइ कस्तो आशा र भरोसा थियो।सर्बहारा,शोसित पिडितहरुको लागि बनेको सरकार हो भनेर।छिमेकीले लिपुलेक लिम्पुवाधुरा र कालापानी नेपालको नक्सालबाट हटाएर केक बनाएर पठाइ दियो आठराइका पिएम त्यसैमा मख्ख। जन्मोत्सव आफुले होइन सारा नेपालीले मनाअोस।गालि होइन जय जयकार गरोस। 

पत्रकार नारायण अमृत ट्वीटरमा लेख्छन्, ’बर्थडे केक’मा नेपालको नक्सा रहेछ। नक्सा काटेर लिम्पियाधुराको अनुमोदन हो कि अरु कुनै अलंकारको खोजीरु कहिलेकाँही सौन्दर्य, सन्देश र संवेगको वेसुर बाँसुरीमा मात्र हैन अरु उपक्रमहरुमा बज्दोरहेछ। ‘

मनिकर कार्की ट्वीटरमा लेख्छन्, ’जब गणतन्त्र नेपालका एकजना जननिर्वा्चित प्रधानमन्त्रीले राजसी ठाँटका साथ राज्यकोष दोहन गरी यसरी जन्मोत्सव मनाउने रहर गर्छन्, अनि आसेपासे र दलीय नेताकार्यकर्ता त्यसैलाई ठिक ठहर्याउँछन्९ बस् यस्तो दृष्यले आँखा पोल्छ, मन कुँडिन्छ अनि उच्चाहट पैदा हुनेरहेछ!’

त्यसैगरी केदार शर्मा लेख्छन् , प्रधानमन्त्री ज्यू,
तपाईँको छुच्चो बोली, थोत्रा तुक्का, बतासे सपना, स्खलित वाचा, अरिँगाल सेना, यती मोह, गोकुलादिप्रेम, ब‘ड्डे केक आदिबाट तपाईँलाई कमजोर देख्न चाहनेहरू अति खुुसी छन्।
र, ब्वाँसो ढोकैमा छ।
हामी धेरै भने दुःखी र लज्जित छौँ। किनभने हामी तपाईँका विरोधी हैन, आलोचक हौँ।

प्रतिकृया