किरण सिंहले ३२ वर्षपछि नेपाललाई म्याराथनमा स्वर्ण पदक दिलाए
प्रकाशित मिति
२०७६ मंसिर २१ गते, शनिबार १०:५९

काठमाडौं, सागको म्याराथनमा नेपाली धावक किरण सिंह बोगटीले स्वर्ण पदक जित्नु भएको छ । शनिबार विहान सम्पन्न म्याराथनमा बोगटीले दुई घन्टा २१ मिनेट १७ सेकेन्डमा ४२.२ किलोमिटर दूरी पूरा गरेर स्वर्ण जित्नु भएको हो ।
बोगटीले ३२ वर्षपछि देशलाई म्याराथनमा स्वर्ण पदक दिलाउनु भएको हो । उहाँले भारतका रामपाल सिंहलाई कम अन्तरले पछि पारे । राजपालभन्दा ४० सेकेन्ड पहिले बोगटीले दौड पूरा गर्नुभयो । म्याराथनमा राष्ट्रिय किर्तिमान बैकुण्ठ मानन्धरको नाममा छ । उहाँपछि कुनैपनि नेपाली म्याराथन धावकले सागमा स्वर्ण पदक जित्नु भएको थिएन ।
महिला तर्फको प्रतिष्पर्धामा नेपालले रजत पदक जितेको छ । नेपालकी पुष्पा भण्डारीले २ घन्टा ५० मिनेट ११ सेकेन्डमा दूरी पूरा गरी रजत जित्नु भएको हो । श्रीलंकाकी हिरुनी केसरी विजयारत्नेले २ घन्टा ४१ मिनेट २४ सेकेन्डमा दूरी पूरा गरी स्वर्ण जित्नुभयो ।
प्रतिकृया