• ४ साउन २०८३, सोमबार
  • ७:२४ बेलुका

उपनिर्वाचनमा नेकपाभन्दा फरक पार्टीले जित्नु भनेको हलुवामा वालुवा भनेजस्तो मात्र होः सांसद बस्नेत

प्रकाशित मिति

२०७६ कार्तिक १८ गते, सोमबार १०:२१

भक्तपुर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्व उद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आगामी निर्वाचनमा नेकपाभन्दा फरक पार्टीले जित्नु भनेको हलुवामा वालुवा भनेजस्तो मात्र हुने उल्लेख गर्नुभएको छ ।

नेकपा चाँगुनारायण नगरपालिका –१ ले आयोजना गरेको विजय दशमी, दिपावली, नेपाल सम्वत, छठलगायतका नेपालीहरुको पर्वको शुभकामना तथा चियापान कार्यक्रममा बोल्दै सांसद बस्नेतले जनताको एकमात्र चाहना विकास र समृद्धि भएको जसलाई पुरा गर्ने पार्टी नेकपा मात्रै रहेको उल्लेख गर्दै उहाँले आगामी निर्वाचनमा नेकपाभन्दा फरक पार्टीले जित्नु भनेको हलुवामा वालुवा भनेजस्तो मात्र हुने उल्लेख गर्नु भएको हो ।

Kamana Sewa

नेकपाले विकासको कुनै एक सय मिटरको दौडमा लागेको नभई म्याराधुन गरिरहेको बताउँदै उहाँले भक्तपुरको विकासको जिम्मा नेकपाको भएको जसमा भक्तपुरको विकासको नेतृत्व नेकपाले गर्ने र आफु अहोरात्र खटिने समेत प्रतिवद्धता जनाउनुभयो । जनताले विवेकपूर्ण निर्णय हुने चुनाव भएको उल्लेख गर्दै उहाँले नेकपाका नेता तथा कार्यकर्ता एक ढिक्का भई उपनिर्वाचनमा विजयको ढोका खुल्ला गर्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘किटनाशाक स्प्रे छर्केपछी पलङमुनीका लामखुट्टेहरु एक्छिन कांईकुई गर्छन । सरकार बिरुद्दका चिच्याहट पनि ठीक यस्तै खालका प्रबृतीहरु हुन । सरकार त्यस्तासँग पछि हट्दैन । जनताको चाहना पुरा गर्न एक सेकेण्डको महत्व राखि तत्काल अघि बढ्छ । जनताको मत भ्रष्टाचार गर्नेहरुको लाइसेन्स नवनोस्, सदनको पछिल्लो वेन्चमा बसेर विरोधको सूचनामात्र प्रस्तुत गर्नेमा नपरोस् । भक्तपुरको समृद्धिको नेतृत्व गर्न सक्ने जनप्रतिनिधि चयन गर्नुपर्छ ।’

Classic Tech Desktop

प्रतिकृया