प्राविधिक तथा व्यावसायिक शिक्षासम्बन्धीे अन्तरराष्ट्रिय सम्मेलन धुलिखेलमा हुने
प्रकाशित मिति
२०७६ भाद्र २४ गते, मंगलवार ०४:४७
काठमाडौं, “रोजगारी, आम्दानी तथा कामको गुणस्तरका लागि प्राविधिक तथा व्यावसायिक शिक्षा र तालीम” भन्ने मूल नाराका साथ शिक्षा तथा तालीमसम्बन्धी दुईदिने अन्तरराष्ट्रिय सम्मेलन धुलिखेलमा आयोजना हुनेभएको छ ।
काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशन र स्वीस सङ्घीय प्रविधि अध्ययन संस्थानको सहकार्यमा यही भदौ २५ र २६ गते आयोजना हुने सो अन्तरराष्ट्रिय सम्मेलनमा विश्वका छ वटै महादेशका २०० भन्दा बढी विज्ञ, प्राज्ञिक वर्ग, प्राविधिक तथा व्यावसायिक शिक्षा र तालीम क्षेत्रका अनुभवी व्यक्तित्वहरूको सहभागिता रहने छ ।

युरोपियन युनियनको आर्थिक सहयोगमा सञ्चालन हुने सो सम्मेलनमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटि) अन्र्तगतको सक्षमता कार्यक्रम र नेपाल उद्योग बाणिज्य महासङ्घको पनि सहयोग रहनेछ ।

सम्मेलनमा प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालीम अन्तर्गतका नीति निर्माण, योजना तर्जुमा तथा अभ्यास, संस्था तथा प्रणाली, सुशासन तथा अख्तियारी विभाजन, लागत÷लाभ विश्लेषण, वित्त र वित्तीय विभाजन, सिकाइ र शिक्षण, गुणस्तरीयता, समता र सान्दर्भिकता, राष्ट्रिय तया अन्तरराष्ट्रिय अवस्था अध्ययन, रोजगारी, शिक्षा र तालीम, व्यवसाय तथा व्यावसायिक क्षेत्रहरू, प्राविधिक व्यावसायिक शिक्षा तथा तालीम र विकास, प्राविधिक व्यावसायिक शिक्षा र तालीमको समाजशास्त्र र समावेशिता विषयमा चारवटा मुख्य कार्यपत्र, ८२ वटा कार्यपत्र र तीनवटा कार्यशालाहरू समेटिने छन् ।




प्रतिकृया