• 8:42 pm

विकासको लागी सहमतिको विकल्प नभएको मन्त्री भट्टराईको भनाई

प्रकाशित मिति

२०७६ भाद्र २१ गते, शनिबार ११:४९

काठमाडौँ, २१ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले सरकारका साना कमजोरीलाई ठूलो बनाउन तथा उपलब्धिलाई लुकाउन खोजिएकाले त्यसतर्फ सवै आम नागरिक सचेत हुनुपर्ने बताउनुभएको छ ।

ताप्लेजुङ सरोकार समाज काठमाडौँले आयोजना गरेको ‘१४औँ स्थापना दिवस तथा साधारणसभा’मा बोल्दै उहाँले देशको विकास र समृद्धिको लागि सवै राजनीतिक दल तथा आम नगरिक, संघसंस्थालगायतको सहकार्य र सहमतिबाट अघि बढ्नुको विकल्प नभएको बताउनुभयो ।

आफूले मन्त्री नियुक्त भएपछि नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेको प्रसङ्ग उल्लेख गर्दै मन्त्री भट्टराईले अग्रजका भोगाइ र अनुभवबाट सिक्न पार्टीका वरिष्ठ नेता तथा प्रमुख प्रतिपक्ष दलका नेतालाई भेटेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारका साना कमजोरीलाई ठूलो बनाउन तथा उपलब्धिलाई लुकाउन खोजिएकाले त्यसतर्फ सजग बन्नुपर्छ । देशभर ४० हजार जनप्रतिनिधि गणतन्त्रलाई संस्थागत गर्न लागिपरेका छन् ।’

प्रतिकृया