• 9:00 pm

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

प्रकाशित मिति

२०७६ भाद्र २० गते, शुक्रबार १२:५३

काठमाडौँ, काठमाडौँ त्रिपुरेश्वर चोक नजिकै नेपाली सेनाको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । बिहीबार साँझ बा१ग २४५६ नम्बरको ट्रकले सोही दिशातर्फ आउँदै बा८६प ७५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक लेख बहादुर पुनको मृत्य भएको हो ।

अर्घाखाँची घर भएका पुनको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो । ट्रक र चालक अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिकृया