• 10:54 am

बीरगंजमा एक छात्रामाथी एसिड प्रहार, शरिरको एक भाग पुर्ण रुपले जलेयो

प्रकाशित मिति

२०७६ भाद्र २० गते, शुक्रबार १०:४७

बीरगंज, वीरगज महानगरपालिकाको रेशमकोठीमा रहेको त्रिभुवन उच्चमावी कक्षा ९ मा अध्यनरत एक छात्रामाथी आज एकाबिहान एसिड प्रहार भएको छ ।

छपकैया २ निवासी १५ बर्षीय मुस्कान खातुन माथी दुई जना युवाहरुले गाणेशमान चौक जाने गल्ल्मिा एसिड प्रहार गरेको प्रहरीले जनाएको छ । छात्राको एसिड प्रहारले शरिरको एक भाग पुर्ण रुपले जलेको प्रहरीले जनाएको छ । एसिड प्रहारबाट उनको मुख,हात, छाती पाखुरामा गम्भिर घाउ भएको प्रहरी नायव उपरिक्ष अन्न्तराम शर्माले जानकारी दिनुभयो ।

गल्ल्मिा रहेका एक शैलुनमा पहिलादेखी नै घात लगाएर बसेका दुई जना युवाले छात्रामाथी एकाएक एसिड प्रहार गरी भगेका प्रत्यदर्शीले बताए । प्रत्यदशीका अनुसार ति छात्रा सोही बाटो भएर दैनिक बिद्यालय जाने गरेको बिद्यालय ड्रेसमा नै रहेको अवस्थामा उनी माथी एसिड प्रहर भएको थियो ।

उनी कराउन थालेपछि आफुहरु अस्पतलमा पुर्याएको बताए । घटनामा सम्लगन छपकैया निवासी समसाद मियालाई प्रहरीले पक्राउ गरि सकेको जनाएको तर अन्य एक युवक माजिद मियालाई प्रहरीले खोजी कार्य सुरु जारी राखेको प्रनाउ शर्माले जानकारी दिनु भयो ।

यसै बिच पर्सा निर्वाचन क्षेत्र १ का सांसद प्रदिप यादवले घाईते छात्राको परिवारलाई नगद ५० हजार प्रदान गर्नु भएको छ । घाईते छात्रालाई थप उपचारको लागी काठमाडौ लग्ने तयारी भई रहेको प्रहरीले जनाएको छ । सांसद यादवसंग सम्पर्क गर्दा छात्रामाथी भएको घटना दुख्त भएको जानकारी दिनु भयो । आफु काठमाडौमा नै रहेकोले उपचारमा कुनै कमी हुन नदिन जानकारी गराउनभयो । वीरगजमा लाग्ने खर्च तथा बाटो खर्चको लागी सो रकम दिएको काठमाडौ आएपछि थप सहयोग गर्ने जानकारी दिनुभयो ।

प्रतिकृया