अमेरिकामा तीन नेपालीको मृत्यु, दुई घाइते
प्रकाशित मिति
२०७६ भाद्र १९ गते, बिहीबार १२:०६

काठमाडौं, अमेरिकाको मिजुरी राज्यमा मंगलबार टोयोटाको पिकअप ट्रकले कारलाई ठक्कर दिँदा एकै परिवारका तीन नेपालीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनाल रहेको स्थानीय जोप्लिन प्रहरीले जनाएको छ । गोविन्दको घटनास्थलमा तथा श्रद्धा र आमा शान्तालाई अस्पतालमा मृत घोषित गरिएको थियो ।
कार चालक श्रद्धाका पति प्रभाश ओझा र उनीहरुका ४ वर्षीय छोरा घाइते भएका छन् । उनीहरुको अस्पतालमा उपचार भैरहेको छ । प्रभाशको अवस्था स्थिर छ भने बालकको अवस्था चिन्ताजनक छ ।
श्रद्धाका बुबा–आमा नेपालबाट अमेरिका घुम्न आएका हुन् ।श्रद्धाको परिवार स्थानीय ब्ल्यु स्प्रिङ्समा बस्दै आएका थिए । प्रभाशले गाडी बत्तिमा रोकेका बेला पछाडिबाट टोयोटाको पिकअप ट्रकले हानेको थियो । पछाडीबाट ठोक्काउने गाडीको चालकको नाम सार्वजनिक गरिएको छैन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रतिकृया