• 9:24 pm

डुबेर बालकको मृत्यु

प्रकाशित मिति

२०७६ भाद्र १९ गते, बिहीबार १०:१४

म्याङ्लुङ–तेह्रथुमको फेदाप गाउँपालिका–१ सिम्लेमा सडक निर्माणका क्रममा खनिएको खाल्डोमा डुबेर ११ वर्षीय बालकको मृत्यु भएको छ । साविक सिम्ले–७ का डेबिट राईको हिजो खाल्डोमा डुबेर ज्यान गएको वडाध्यक्ष मनबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक तेजबहादुर दाहालले घटनाबारे अनुसन्धान भइरहेको बताए ।

प्रतिकृया