• 12:36 am

मेडिकल शिक्षामा ७५ प्रतिशत छात्रवृत्ति लागू गर्न सांसद् नवीना लामाको माग

प्रकाशित मिति

२०७६ भाद्र १८ गते, बुधबार ०५:५०

काठमाडौं, नेकपा सांसद् नवीना लामाले चिकित्सा शिक्षा क्षेत्रमा ७५ प्रतिशत निःशुल्क शिक्षाको व्यवस्था लागू गर्न माग गर्नु भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उहाँले सरकारी मेडिकल कलेजले समेत यसको उल्लंघन गरेको बताउनुभयो ।

देशभरिका मेडिकल अध्ययन गर्ने विद्यार्थीहरू सडक आन्दोलनमा उत्रेको बताउँदै सांसद् लामाले भन्नुभयो, ‘लामो समयसम्म विद्यार्थी आन्दोलन मेडिकल शिक्षाका सरोकारवालाहरू, डा गोविन्द केसीलगायत हाम्रो आन्दोलन र बलिदानीसँग जोडिएको हाम्रो चिकित्सा ऐनलाई उल्लंघन भएको छ । आज मेडिकल सञ्चालकहरू विशेष गरी हामीले विश्वास गरेको आईओएमअन्तर्गतका संस्थाले समेत त्यो कानूनलाई उल्लंघन गरेको छ।’

महाराजगञ्ज चिकित्सा क्याम्पस, काठमाडौं स्कुल अफ साइन्स क्याम्पस, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानजस्ता सार्वजनिक शिक्षण संस्थाहरूले स्थानीय तहको कार्यक्रममा उपलब्ध सीट संख्याको ७५ प्रतिशत निःशुल्क छात्रवृत्तिको व्यवस्था उल्लंघन गरेको उहाँले बताउदै, ‘त्यो व्यवस्थालाई आज कुनै पनि कलेजले पालना गरेको छैन। यसको उल्लंघन किन भइरहेको छ ? आन्दोलनसँग जोडिएको चिकित्सा शिक्षा ऐन कार्यान्वयनमा यदि सरकारले हेलचेक्र्याइँ नहोस्।’

प्रतिकृया