• 12:41 am

तीन जनाको शव भेटियो

प्रकाशित मिति

२०७६ भाद्र १७ गते, मंगलवार ०२:५५

कपिलवस्तु, शुद्धोधन गाँउपालिकाको बेथिनदि स्थित बेलभरिया सन्तघाटमा सोमबार तिजमा नुहाउने क्रममा बेपत्ता भएका ३ नै जनाको शव भेटिएको छ ।

खोज्ने क्रममा आज बिहान बेचनप्रसाद कहारका १५ वर्षीय छोरी तारा कहार र घनश्याम रैदास की ८ वर्षीया छोरी खुस्वु रैदास र कमलेस कोहारका २५ वर्षीया पत्नि तारामति कोहारको शव फेला परेको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए । शव शुद्धोधन गाँउपालिकाको वडा नं. ६ कै ननखोरीयमामा भेटिएको हो ।

उनिहरु सन्तघाटमा नुहाउन जादा सोमबार डुवेका थिए । खोलामा पसेका ५ जना मध्ये ३ जना डुवेका हुन् । खोजी गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको टिम परिचालन गरीएको छ ।

प्रतिकृया