• २१:३७ २०८० चैत्र १६ गते
  • 9:37 pm

विनायक स्कुलद्धारा गाईजात्रा पर्वको उपलक्ष्यमा घिन्ताङ घिसी नृत्य प्रदर्शन

प्रकाशित मिति

२०७६ भाद्र ३ गते, मंगलवार ०१:३५

g2

भक्तपुर, विनायक शिक्षा निकेतन ई. सेकेण्डरी स्कुल, मध्यपुर ठिमीले स्थानीय पाठ्यक्रमअनुसार विद्यार्थीहरुलाई सांस्कृतिक पर्व तथा आफ्नो मौलिक पहिचान बारे, जानकारी दिने उद्देशयले गाईजात्रा पर्वको अवसरमा यही २०७६ भाद्र २ गते घिन्ताङ घिसी नृत्य प्रदर्शन कार्यक्रमको आयोजना गरियो ।

विद्यालयमा अध्ययनरत करिब २०० जना विद्यार्थीहरुले परम्परागत पोशाकमा घिन्ताङ घिसी नृत्य प्रदर्शन गर्दै मध्यपुर ठिमीको बहाखादेखि बालकुमारी सम्म र चपाचोदेखि भूलाँखेल आफ्नो मौलिक तथा सांस्कृतिक पर्व गाईजात्राको महत्व र सो पर्वलाई संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले सो नृत्यको प्रदर्शन गरिएको थियो ।

विद्यालयका नृत्य प्रशिक्षक बालमुकुन्द प्रजापतिको संयोजकत्वमा आयोजित उक्त कार्यक्रममा मधयपुर न.पा, शिक्षा शाखा प्रमुख बालकृष्ण गैरेले विद्यालयले सांस्कृतिक संरक्षण र संम्बद्र्धनमा गरेको यस उत्कृष्ट कार्यको मुक्तकष्ठले प्रशंसा गनुभयो । कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञानका साथ–साथै व्यवहारिक ज्ञान पनि दिइने उद्देश्यले तथा स्थानीय पाठ्यक्रमले निर्देशित क्रियाकलाप गराउदै आएको कुरा बताउनु भयो ।

विद्यालयका काउन्स्लर तुल्सीहरि प्रजापति तथा शिक्षक–शिक्षिकाहरुको प्रत्यक्ष संलग्नतामा भएको उक्त सांस्कृतिक नृत्य तथा झाँकीलाई मध्यपुर नगरवासीले पानी तथा जुस खुवाएर स्वागत गरेका थिए ।

g3 g1

प्रतिकृया