प्राइम टाइममा आउँदै ‘भ्वाइस अफ नेपाल’
प्रकाशित मिति
२०७६ श्रावण ३० गते, बिहीबार ०६:२७
गायन प्रतिभाको खोजी गर्ने रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन–२’ को प्रसारण साउन ३१ गतेबाट हिमालय टीभीबाट हुने भएको छ ।
टेलिभिजनले प्रसारण मिति र समय घोषणा गर्दै ३१ देखि हरेक शुक्रबार र शनिबार राति ८ बजेदेखि ९ बजेसम्म कार्यक्रम प्रसारण हुने जानकारी दिएको छ । नेपालमा ८ बजेको सुपर प्राइम टाइममा प्रसारण यो पहिलो रियालिटी सो हुनेछ ।

झण्डै २२ हजार आवेदकमध्ये छानिएका करिब एक सय नयाँ प्रतिभाले ब्लाइन्ड अडिसनमा कोचसामु आफ्नो आवाज सुनाएका छन् । सुरिलो आवाजमार्फत कोचको कुर्सी घुमाउने प्रतिभाको सांगीतिक यात्रा सुरु हुनेछ । ‘क्षमतावान् प्रतिभा ब्लाइन्ड अडिसनमा आइपुगेका छन्,’ कार्यक्रमका निर्देशक लक्ष्मण पौड्यालले भने, ‘सबै जना एकसे एक छन् ।

प्रतिस्पर्धा निकै कडा छ ।’ पौडेलका अनुसार अघिल्लो वर्षको तुलनामा ठूलो संख्यामा आकांक्षी डिजिटल अडिसनमा सहभागी भएको हुँदा राम्रा प्रतिभा छनोट भएका छन् । यस पटकको सिजनमा दुई जना कोच परिर्वतन भएका छन् । राजु लामा र आस्था राउतले अन्य दुई कोच दीप श्रेष्ठ र प्रमोद खरेललाई साथ दिएका छन् ।




प्रतिकृया