अभिनेत्री प्रियंका चोपडाले भारतीय सेनाको समर्थन गर्दै गरेको ट्वीटले अमेरिकामा आक्रोश
प्रकाशित मिति
२०७६ श्रावण २९ गते, बुधबार ०४:५८
एजेन्सी, भारत–पाकिस्तान तनाव चर्किँदै गर्दा भारतीय अभिनेत्री प्रियंका चोपडाले भारतीय सेनाको समर्थन गर्दै एउटा ट्वीट लेखेपछि उनीविरुद्ध युद्ध उक्साउन खोजेको आरोप लागेको छ।
उनले गत फ्रेबुअरी २६ मा उनले भारतीय सेनाको समर्थन गर्दै ट्विट गरेकी थिइन् । त्यही दिन भारतीय वायु सेनाले पाकिस्तानको पुलवामामा आक्रमण गरेको थियो । त्यतिखेर धेरै बलिउड सेलेब्रेटीहरूले भारतीय सेनाको यो आक्रमण प्रशंसा गर्दै सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका थिए ।

तीमध्ये प्रियंकाले भने ६ महिनापछि आएर उक्त ट्विटको स्पष्टिकरण दिनु परेको छ । मंगलबार अमेरिकाको लस एन्जलस भएको एक कार्यक्रममा प्रियंकालाई पाकिस्तानी–अमेरिकी नागरिक आयशा मल्लिकले उक्त ट्विटमाथि प्रश्न उठाइन् ।

प्रियंका संयुक्त राष्ट्रसंघकी सद्भावनादूत हुन् । उनको भनाइले अन्तर्राष्ट्रिय जगतमा ठूलो अर्थ राख्छ । योसँगै पाकिस्तानी मानवअधिकारमन्त्री शिरीन मजारीले प्रियंकालाई सद्भावना दूतबाट हटाउन युनिसेफसँग माग गरेकी छन् ।
सार्वजनिक रूपमै द्वन्द्वका बेलामा भारतीय सेनाको समर्थन गरेको भन्दै मन्त्री मजारीले शान्तिदूत जस्तो पदमा कस्तो मान्छे राख्ने भन्नेबारे युनिसेफले विचार पुर्याउनुपर्ने भन्दै ट्विट गरेकी छन् ।




प्रतिकृया