• ५ साउन २०८३, मंगलबार
  • ९:२३ बिहान

जडीबुटीको निकासीमा कमी

प्रकाशित मिति

२०७६ श्रावण १६ गते, बिहीबार ०८:२८

नेपालगन्ज । ‘ट्रान्जिट परमिट’को व्यवस्था लागू गरेपछि भारतर्फ जडीबुटीे निकासीमा कमी आएको छ । केही वर्षदेखि भारतको उत्तर प्रदेश सरकारले जडीबुटी निकासीमा ‘ट्रान्जिट परमिट’को व्यवस्था लागू गरेपछि यसको निकासी घटेको नेपाल जडीबुटी संघका केन्द्रीय अध्यक्ष याकुब अन्सारीले बताए ।

सुरुवाती चरणमा बाँके जिल्लाबाट ८० प्रकारका जडीबुटी भारतलगायत तेस्रो मुलुकमा निकासी भइरहेका थिए । ‘ट्रान्जिट परमिट’ को व्यवस्था लागू भएपछि अहिले १५÷१६ प्रजातिका जडीबुटी मात्र निकासी हुने गरेको छ । केही वर्षअघि प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको जडीबुटीको मुख्य संकलन केन्द्र रहेको बाँके जिल्लाबाट झन्डै ६५ लाख किलो जडीबुटी निकासी हुने गरेकोमा गत वर्षदेखि निकासीको मात्रा घटेर ४५ लाख किलोमा झरेको छ

Kamana Sewa

प्रतिकृया