• ५ साउन २०८३, मंगलबार
  • ४:२७ बेलुका

घर्रामा १९ अर्बका चेक

प्रकाशित मिति

२०७६ श्रावण १४ गते, मंगलवार ०७:४८

आर्थिक वर्ष सकिएको दुई साता बितिसक्दा पनि १९ अर्ब रुपैयाँ बराबरको चेक साट्न बाँकी छ । असार मसान्तसम्म चेक काटे पनि विकास निर्माणका काम गर्ने र वस्तु तथा सेवा आपूर्ति गर्ने ठेकेदारलाई सम्बन्धित कार्यालयले हस्तान्तरण नगर्दा साट्न ढिलो भएको कोष तथा लेखा नियन्त्रक कार्यालय स्रोतले बतायो । विगतदेखि नै आथिएक वर्षको अन्तिममा चेक काट्ने तर ठेकेदारलाई समयमा हस्तान्तरण नगर्ने प्रवृत्ति छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालयले भुक्तानीको चेक सम्बन्धित खर्च निकायमा पठाए पनि ठेकेदारसँग मोलमोलाइका लागि समयमा हस्तान्तरण नगरेको पूर्वअर्थसचिव रामेश्वर खनाल बताउँछन् । महालेखा नियन्त्रकको कार्यालयका अनुसार असारमा काटिएका २४ हजार नै सय १७ चेक साट्न बाँकी छ ।

Kamana Sewa

(पवन तिमिल्सिना)
अन्नपूर्ण पोस्ट् दैनिकबाट साभार

Classic Tech Desktop

प्रतिकृया